प्रधानमन्त्री ओलीले चमत्कार गर्छु भनेर म्यादी सरकारले जति काम पनि नगर्दा जनता निराश भए – गगन थापा

भदौ १७ काठमाडौं – नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापाले अहिलेका प्रधानमन्त्री केपी ओली चमत्कारीक नेता गरेर सत्तामा आएर केहि परिणाम दिन नसक्दा जनतामा चरम निराशा छाएको बताएका छन्।

प्रधानमन्त्री ओली जी चमत्कारीक जस्तो गरेर आउनु भयो त्यसरी नै पुर्नउदय हुनुभयो जनतालाई उहाँले पनि त्यहिँ सन्देश दिनुभयो यो भन्दा अगाडीका सरकार खराब भएर हो म जादुकर जस्तो हो सब गर्दिन्छु भन्नु भो तर ५/६ महिने सरकारले जति पनि काम गर्न नसक्दा जनतामा उकुश मुकुश भएको र अब यो सरकारले केहि गर्ला भन्ने छनक जनतामा प्रवाह गर्न नसकेको बताएका छन्।

जनतामा आक्रोश र निराश छाएको बेला उनी केहि वर्षदेखि बन्न नसकेको कप्पन बुढानिल्कण्ठको सडकको बिषयलाई लिएर केहि दिनअघि सडक विभागको कार्यालयमै गएर धर्ना दिएको बिषयले पनि पछिल्लो समय थापाले निकै आलोचना खेपिरहेका छन्। आफ्नो सरकार र आफ्नो कार्यकाल छदासम्म केहि गर्नु भएन र अहिले कमुनिस्ट सरकार अएपछि उहा धर्नामा उत्रिनु भयो भन्ने आरोप आइरहेकै छ।

यहि बिषयलाई आधार बनाएर सुनौलो नेपालले गरेको  प्रश्नमा युवा नेता थापा भन्छन सडक विस्तारको योजना २०७२ सालमा ल्याएका थियौँ। २०७३ देखि यो सडक २०७५ सम्म सम्पन गर्ने योजना बनायौँ। २ बर्ष मा नसकिएला कि भनेर ५ पटक सम्म कहिँ नगरिएको सार्बजनिक सुनवाई पनि गर्यौ। कसरी अगाडी जाने भनेर निर्माण ब्यबसायीलाई सहज बनाउन बिधुतदेखि सबै संस्थाले हामीलाई साथ दिनुभयो र कहिँ कतैबाट ढिलो भयो भन्ने ठाउँ नहुदा पनि २०७५ जेष्ठ सम्म आइपुग्दा जम्मा ३० प्रतिसत कम मात्र गर्न सफल भए पछि आफुले ०७५ श्रावन मा सडक बिभाग मा गएर ठेकदार विरुद्ध निबेदन दिएको र बिभागमा  सुनवाई नभएपछि सचिव त्यहाँ पनि सुनवाई नभएपछि मन्त्रि र अन्तत संसद मा समेत दर्ता गरेको स्पष्ट पारे।

यसरी आफु बारम्बार कहिले सडक बिभाग कहिले संसदमा धाउँदासमेत ठेकदार र बिभाग लाई मस्ती अनि जनतालाई सास्ती भईनै रहेको र आफु जनताको प्रतिनिधि भएकोले सम्पूर्ण विकल्प अपनाउँदा पनि सडक बिभागले सुनुवाई नगरेको गुनासो समेत सांसद थापाले गरे। २ वर्षमा काम सक्छु भनेर ठेक्का  लिएका ठेकेदारहरुले २ बर्षमा जम्मा ३० प्रतिसत काम मात्र सकेपछि ति ठेकेदारलाई कालो सुची मा राखेको भए कमसेकम डर सिर्जना हुने र काम समयमै सकिने उनले बताए। सरकारले  आफुहरुले दिएको दबाबलाई सकारात्मक रुपमा लिएर सबै क्षेत्रको साझा सडक भएकाले सबैले मेरो पहललाई साथ दिनुपर्ने बेलामा झन् आरोप लगाएको भन्दै दुख ब्यक्त गरे।

हेर्नुहोस यी र यस्तै बिषयमा सुनौलो नेपालका लागी हामीले उनीसंग गरीएको कुराकानी

मङ्ल, भदौ १७, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस