प्रभाष र श्रद्धा अभिनित साहोको आक्रामक कमाइ, पाँच दिनमै ३५० करोडभन्दा बढीको ब्यापार

भदौ १८ काठमाडौं दक्षिण भारतीय सुपरस्टार प्रभास र श्रद्धा कपुर अभिनीत फिल्म साहो ले बक्स अफिसमा आक्रामक कमाइ जारी राखेको छ। ३५० करोडको बजेटमा बनेको साहोको हिन्दी भर्सनले पाँच दिनमै १०० करोड भन्दा बढीको ब्यापार गरिसकेको छ। मंगलबारका दिन यो फिल्मले ९.१० करोडको कलेक्शन गरेको थियो।

ट्रेड एनालिष्ट तरण आदर्शका अनुसार ‘साहो’को हिन्दी भर्सनले मात्र एक सातामा ११० करोड भन्दा बढीको ब्यापार गर्नसक्नेछ। अहिलेसम्म यो फिल्मले १०२.३८ करोडको कमाई गरिसकेको छ। पाँचौ दिनमा आइपुग्दा साहोको कमाईमा ५० प्रतिशत गिरावट आएको छ। साहोले शुक्रबार २४.४० करोड, शनिबार २५.२० करोड आइतबार २९.४८ करोड र सोमबार १४.२० करोडको कमाई गरेको थियो। यो साता प्रभाष र श्रद्धा कपुरको साहो जबरदस्त कमाई गरिरहेको छ।रिलिजमा आएको पाँचौं दिनमा साहोले वल्र्डवाइड ३५० करोड भन्दा बढीको ब्यापार गरिसकेको छ।

बुध, भदौ १८, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस