अध्यक्ष प्रचण्डकै अगाडी जब योगेश भट्टराईले हामी पनि गिरिजाबाबुकै उत्तराधिकारी हौ भने ….

सुनौलो नेपाल – सस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराइले आफुहरु पनि गिजिराबाबुकै उत्तराधिकारी रहेको बताएका छन्।

भरतपुर विमानस्थल विस्तार एवम् सुधार सम्बन्धमा भरतपुरमा आयोजित सरोकारवाला बीचको अन्तक्र्रिया कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले भने यो विमानस्थल गिरिजाबाबुकै पाला देखी नै छलफल भएको रहेछ त्यसमा आपत्ती छैन हामीले गरे पनि उँहाले गरेजस्तै हो किनकि हामीपनि गिरिजा बाबुकै उत्तराधिकारी हौ।

मन्त्री भट्टराईले भरतपुर विमानस्थल सधैँ जोखिममा रहिरहेको बताउदै अब त्यस्तो हुन् नदिने बताएका छन्। भरतपुर विमानस्थललाई आफुले बिशेष चासोका साथ हेरेको बताए ।

भरतपुर विमानस्थल जोखिममा छ, उनले भने, कि बन्द गर्नुपर्छ, कि सुरक्षित हुनुपर्छ, सधैँ जोखिममा रहिरहन सक्दैन् । उनले विमानस्थलको टर्मिनल भवन पनि अत्याधुनिक र व्यवसायीक बनाउनुपर्ने बताए ।

भरतपुरको जनघनत्व दिन प्रतिदिन बढ्दै छ, मन्त्री भट्टराईले भने, राजधानीसँग जोडिएको नजिकको ठाउँ, स्वास्थ्य, शिक्षा र पर्यटकीय दृष्टिकोणले पनि महत्व बोकेको जिल्ला भएकाले भरतपुर विमानस्थललाई महत्व दिएका हौं । उनले भरतपुर विमानस्थल विस्तारमा नेपाली सेना बाधक नहुने बताए । नेपालका महत्वपूर्ण विकास निर्माणका काम नेपाली सेनाले गर्दै आएको छ, उनले भने, सरकारको निर्णयको पक्षमा सेना छ, तर हामीले उपयुक्त विकल्प दिन सक्नुपर्छ । उनले भरतपुरमा रहेका मापदण्ड विपरितका घर र अन्य संरचनाका बिषयमा पनि एकै पटक समाधान गरिने बताए ।

केन्द्रीय राजधानी काठमाण्डौंमा साना जहाजलाई निशेष गरेर त्यसको विकल्पमा भरतपुर र रामेछापको मन्थली विमानस्थललाई विस्तार गर्ने योजना रहेको उनले सुनाए ।

भरतपुरमा भएको छलफलका आधारमा मन्त्रालयले एक हप्ता भित्र विमानस्थल विस्तारका लागि विज्ञ सहितको सर्वपक्षीय समिति निर्माण गर्ने मन्त्री भट्टराईले प्रतिबद्धता जनाए । उनले विमानस्थल विस्तारकै लागि फेरी अर्को सर्बदलीय बैठक नहुने भन्दै अब एक्सनमा गएर काम गर्ने बताए । उनले पार्टीका प्रमुख नेताहरुका निर्वाचन क्षेत्रमा बिषेश ध्यान दिनुपर्ने धारणा राखे ।

हेर्नुहोस सो अन्तक्र्रिया कार्यक्रममा भएको भिडियो

बिहि, भदौ १९, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस