घट्यो सुनको मूल्य !

भदौ १९ काठमाडौं बिहीबार सुनको मूल्य घटेको छ। छापावाल सुन तोलामा एक सय रुपैयाँले घटेर ७३ हजार ४ सय रुपैयाँ भएको छ।

बुधबार १ हजार रुपैयाँले बढेर ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज १ सयले घटेर ७३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदीको मूल्य भने स्थिर छ । चाँदी तोलाको ९ सय ४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

बिहि, भदौ १९, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस