भोली सार्वजनिक विदा !

भदौ १९ काठमाडौं काठमाडौंको पूर्वीभेगमा अवस्थित कागेश्वरी मनोहरा नग।पालिकामा भोलि (शुक्रबार) सार्वजनिक बिदा हुने भएको छ । नगरपालिकामको वडा नम्बर १ स्थित कागेश्वरी महादेव मन्दिरमा कागेअष्टमी ( भाद्र शुल्क अष्टमी)मा मेला लाग्ने गर्छ । यस पटक पनि अष्टमी देखि ३ दिनसम्म लाग्ने मेला आयोजना गरिएको छ । नगरपालिकाले कागेअष्टमीको अवसरमा नगरभित्र बिदा दिने निर्णय गरेको हो ।

कागेश्वरीको प्रर्वद्धनको लागि मेला आयोजना गरिएको कागेश्वरी मनोहरा नगरपालिका मेयर कृष्णहरि थापाले बताउनु भयो । कागेश्वरी प्रसिद्ध धार्मिक स्थल हो त्यही भएर नगरपालिकाको नाम नै आधारित मानेर राखिएको छ उहाँले भन्नुभयो नगरपालिकाले त्यो ठाउँलाई धार्मिकको साथै पर्यटकीय स्थलको रुपमा विकास गर्ने योजना बनाएको छ ।कागेश्वरी मन्दिरमा आज बिहीबार साहित्यक कार्यक्रम राखिएको छ।

भोलि (शुक्रबार) मेलाको हुने र २१ गते मन्दिरको सरसफाइ गर्ने कार्यक्रम तय भएको नगरपालिकाले जनाएको छ। नगररपालिकाले मेलामा ५० हजारभन्दा बढी दर्शनार्थी आउने अनुमान गरेको छ। किंवदन्ती अनुसार परापूर्वकालमा कागले गाईको दूध पहरामा रहेको शिवलिङ्गमा चढाउँदै गरेको गोठालाले देखेपछि त्यहाँ खोस्रेर हेर्दा महादेवको मूर्ति फेला परेको र त्यही बेलादेखि मन्दिरको नाम कागेश्वरी महादेव रहन गएको जनविश्वास छ।

बिहि, भदौ १९, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस