सुनको मूल्यमा भारी गिरावट

भदौ २० काठमाडौं शुक्रबार सुन तोलामा १४ सय रुपैयाँले घटेको छ। आज सुन तोलाको ७२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

बिहीबार सुन तोलामा १ सय रुपैयाँले घटेर ७३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। बुधबार भने १ हजार रुपैयाँले बढेर ७३ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो। चाँदीको भाउ भने सामान्य गिरावट आएको छ। चाँदी तोलाको ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।एक महिनादेखि सुनको भाउमा उतावचढाव भइरहेको छ।

शुक्र, भदौ २०, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस