चर्चित हाँस्य टेलीशृंखला भद्रगोल आजबाट प्रसारण हुँदै तर….

भदौ २० काठमाडौं केही समय अगाडि बन्द भएको चर्चित हाँस्य टेलीशृङ्खला ‘भद्रगोल’ आजबाट फेरि प्रशारमा आउने भएको छ । शृङ्खला नयाँ कथावस्तु, नयाँशैली र नयाँ कलाकारसाथ प्रसारणमा आउन लागेको हो ।

यसअगाडि यो शृङ्खला निर्माण अभिनय गर्दै आएका कुमार कट्टेल जिग्री अर्जुन घिमिरे पाँडे लगायतको टीमले छोडेपछि यो श्रृखला नयाँ शैलीमा आउन लागेको हो । भद्रगोलका निर्देशकसमेत रहेका अर्जुन घिमिरे ‘पाँडे’ले केही साता पहिले सामाजिक सञ्जालमार्फत् एक लामो स्टाटस पोष्ट गर्दै भद्रगोल बन्द भएको जानकारी गराएका थिए । उनको स्टाटमा आर्थिक समस्याका कारण शृङ्खला बन्द गर्नु परेको उल्लेख थियो ।

शुक्र, भदौ २०, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस