बिष्णु माझी र हेमन्त शर्माले लिएर आए ”बन मार्यो बनमाराले” (भिडियो) !

आधुनिक गीत-संगीतमा लोकप्रिय गायक हेमन्त शर्माले यस पटक भने लोक दोहोरी गीत सार्वजनिक गरेका छन् ।गायक शर्माले यसपटक लोकप्रिय लोकगायिका विष्णु माझीसँग गायनमा साझेदारी गरेका छन् ।प्रेम भाव प्रस्तुत गरिएको गायक शर्माको उक्त गीतमा याम थापा मगरको शब्द तथा संगीत रहेको छ । ‘वनमारा’ बोलको गीतको भिडियो पनि सार्वजनिक गरिएको छ ।मरिष्का पोखरेल र पुष्प खड्का फिचर्ड भिडियोका निर्देशक शिव बिकले हुन् ।

शनि, भदौ २१, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस