बंगलादेश बिरुद्द पवन सराफको सानदार अर्धसतक, कुशल मल्लको आक्रामक इनिंग !

भदौ २२ काठमाडौं लंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाली ओपनर पवन सराफले अर्धसतक पुरा गरेका छन् । उनले ८० बल खेल्दै आफ्नो अर्धसतक पुरा गरेका हुन् । यो संगै पवन सराफको अर्धसतकको मदतले नेपालले ३ विकेटको क्षतिमा १५० पनि पुरा गरेको छ। १५० रनको आंकडा पुरा गर्ने क्रममा कुशल मल्लले पनि आक्रामक पारी खेले उनले आउट हुनु पूर्व ३३ बल खेल्दै २८ रन जोड्दा ३ छक्का र १ चौका हिर्काएका थिए । चालु अबस्थामा नेपाल १५० रन बनाउदा ३ विकेट गुमेको छ भने ३५ ओभर खेल सकिएको छ । क्रिजमा पवन सराफ ६८ रन र कप्तान रोहित पौडेल ११ रन बनाएर खेलेका छन्

बंगलादेशले टस जितेर नेपाललाई पहिला ब्याटिङको निम्ता दिएको थियो। पहिलो खेलमा श्रीलंकासँग ५ किवेटले पराजित भएको नेपालले सेमिफाइनलमा स्थान सुरक्षित गर्न बंगलादेशलाई जित्नै पर्ने दबाब छ।

नेपालले पहिलो खेलमा श्रीलंकाविरुद्ध कमजोर प्रर्दशन गरेको थियो । श्रीलंकासँग नेपालका ७ ब्याट्सम्यानलले दोहोरो अंकमा रन जोड्न सकेनन् । रित गौतमले ५५ र कप्तान रोहित कुमार पौडेलले ४७ रन प्रहार गर्न बाहेक अन्य ब्याट्सम्यानको प्रर्दशन चिन्ताजकन थियो । बलिङमा पनि नेपालले अपेक्षाकृत प्रर्दशन गर्न सकेन ।

पहिलो खेलको प्रर्दशन अनुसार नेपालले बंगलादेशविरुद्ध आफ्नो प्लेइङ ११ मा केहि फेरबदल गर्न सक्छ । उत्कृष्ट लयमा रहेका खडक बोहराले मौका पाउन सक्ने संभावना प्रबल छ । उता बंगलादेशले पहिलो खेलमा यूएईलाई ६ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको थियो । बंगलादेशको टोलीमा गत वर्ष यू१९ विश्वकपमा शतक प्रहार गर्ने तौहीद हृदोय देखी बंगलादेश प्रिमियर लिग खेलि सकेका खेलाडी छन् ।

गत वर्ष यू१९ विश्वकप खेलेका तौहीद हृदोयलाई उप कप्तानको जिम्मेवारी दिएको छ । उनले विश्वकपमा ६ खेलमा १ शतक सहित १ सय ५४ रन जोडेका थिए । भारतविरुद्ध त्रिकोणात्मक सिरिजमा शतक प्रहार गर्ने तनजीद हसन र मोहम्मुद हसन जोय पनि नेपाललाई घातक बन्न सक्छन् । यता समुह ए मा भारत र अफगानिस्तानले लगतार दुबै खेल जित्दै सेमिफाइनलमा प्रवेश गर्दा पाकिस्तान र कुवेत एक खेल अगावै बाहिरिएका छन् ।

आइत, भदौ २२, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस