सन्दिप जोराको आक्रामक इनिंगको मदतमा बगलादेश सामु नेपालको २६२ रनको चुनौती !

भदौ २२ काठमाडौं लंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालले बंगालदेशलाई रनको लक्ष्य प्रस्तुतु २६२ गरेको छ पवन सराफको ८१ रन र सन्दिप जोराको उत्कृष्ट ५६ रनको मदतमा नेपालले ७ विकेट गुमाएर यो लक्ष्य तयार परेको हो । निर्धारित ५० ओभरको खेलमा नेपालले पुरा ओभर खेल्दै २६१ रन बनाउन सक्यो

नेपाली ओपनर पवन सराफले अर्धसतक पुरा गरेका छन् । उनले ८० बल खेल्दै आफ्नो अर्धसतक पुरा गरेका हुन् ।

बंगलादेशले टस जितेर नेपाललाई पहिला ब्याटिङको निम्ता दिएको थियो। पहिलो खेलमा श्रीलंकासँग ५ किवेटले पराजित भएको नेपालले सेमिफाइनलमा स्थान सुरक्षित गर्न बंगलादेशलाई जित्नै पर्ने दबाब छ।

नेपालले पहिलो खेलमा श्रीलंकाविरुद्ध कमजोर प्रर्दशन गरेको थियो । श्रीलंकासँग नेपालका ७ ब्याट्सम्यानलले दोहोरो अंकमा रन जोड्न सकेनन् । रित गौतमले ५५ र कप्तान रोहित कुमार पौडेलले ४७ रन प्रहार गर्न बाहेक अन्य ब्याट्सम्यानको प्रर्दशन चिन्ताजकन थियो । बलिङमा पनि नेपालले अपेक्षाकृत प्रर्दशन गर्न सकेन ।

पहिलो खेलको प्रर्दशन अनुसार नेपालले बंगलादेशविरुद्ध आफ्नो प्लेइङ ११ मा केहि फेरबदल गर्न सक्छ । उत्कृष्ट लयमा रहेका खडक बोहराले मौका पाउन सक्ने संभावना प्रबल छ । उता बंगलादेशले पहिलो खेलमा यूएईलाई ६ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको थियो । बंगलादेशको टोलीमा गत वर्ष यू१९ विश्वकपमा शतक प्रहार गर्ने तौहीद हृदोय देखी बंगलादेश प्रिमियर लिग खेलि सकेका खेलाडी छन् ।

गत वर्ष यू१९ विश्वकप खेलेका तौहीद हृदोयलाई उप कप्तानको जिम्मेवारी दिएको छ । उनले विश्वकपमा ६ खेलमा १ शतक सहित १ सय ५४ रन जोडेका थिए । भारतविरुद्ध त्रिकोणात्मक सिरिजमा शतक प्रहार गर्ने तनजीद हसन र मोहम्मुद हसन जोय पनि नेपाललाई घातक बन्न सक्छन् । यता समुह ए मा भारत र अफगानिस्तानले लगतार दुबै खेल जित्दै सेमिफाइनलमा प्रवेश गर्दा पाकिस्तान र कुवेत एक खेल अगावै बाहिरिएका छन् ।

आइत, भदौ २२, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस