बंगलादेश बिरुद्द नेपाललाई दोश्रो ठुलो सफलता, चम्किदै नेपाली बलर !

श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिता २६२ रनको चुनौती दिएको नेपालले बंगलादेशको दोश्रो विकेट पनि लिएको छ ६ ओभर को खेलमा नेपालले बंगलादेशको दोश्रो विकेट झार्दै खेल आफ्नो पक्षमा लिन कोशिश गरिरहेको छ । नेपालका लागि रशिद खान र कमल सिंह एरीले १/१ विकेट प्राप्त गरेका छन् चालु अबस्थामा मा बंगलादेश ७ ओभर ३६ रन ३ विकेटको स्थितिमा छ

श्रीलंकाको पी सारामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २६१ रन बनायो । टेष्ट नेशनविरुद्ध बलियो स्कोर बनाउने क्रममा पवन शरार्फसँगै सन्दीप जोराको ब्याटिङ उत्कृष्ट रहृयो ।नेपालको सुरुवात ठीकै रहृयो ।

ऋत गौतम र पवनले पहिलो विकेटका लागि ४५ रनको साझेदारी गरेका थिए । ऋत ३२ रनमा आउट भए । आसिफ शेख मात्र ३ रनमा पभेलियन फर्किए ।तर पवनले सम्हालिएर ब्याटिङ गरे । उनले कुशल मल्लसँग ३९ रनको साझेदारी गरे भने कप्तान रोहितकुमार पौडेलसँग १४ रनको । त्यसपछि सन्दीप जोरासँग १४ रनको साझेदारी गरेका उनी ८१ रनमा आउट भए ।पाँचौं विकेटका रुपमा पवन आउट हुँदा नेपालको स्कोर १७१ रन थियो । र झण्डै १० ओभर खेल बाँकी थियो ।सन्दीप जोराले भीम सार्कीसँग मिलेर नेपालको स्कोरलाई बलियो स्थितिमा पुर्‍याए ।

दुबैले ७१ रनको साझेजारी गरे । आक्रामक पारी खेलेका उन्दीपले ३७ बलमा ५६ रनको महत्वपूर्ण पारी खेले ।भीमले २१ रन बनाए । कुशल मल्लको नाममा व्यक्तिगत २८ र कप्तान रोहितकुमारको नाममा १४ रन रहृयो ।बंगलादेशका मोहम्मद तान्जिम हुसेन र मोहम्मद शाहिन आलमले समान २-२ विकेट लिएका छन् ।सेमिफाइनलमा पुग्ने सम्भावनालाई यथावत राख्न नेपालले यो खेल जित्नै पर्ने हुन्छ । यदि पराजित भएमा नेपाल एक खेल अगाडि नै यू-१९ एसिया कप क्रिकेटको समूह चरणबाटै बाहिरिनेछ ।

आइत, भदौ २२, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस