आज पनि घट्यो सुनको मूल्य ! हेर्नुस आजको बजार मूल्य

भदौ २२ काठमाडौं आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन ५ सयले घटेर प्रतितोला ७१ हजार ५ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ७१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदी भने १५ रुपैयाँले घटेर प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइत, भदौ २२, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस