नेपाललाई अर्को सफलता: बंगलादेशको तेश्रो विकेट झर्यो !

भदौ २२ काठमाडौं श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिता २६२ रनको चुनौती दिएको नेपालले बंगलादेशको तेश्रो विकेट लिएको छ। हरि बहादुर चौहानले तेस्रो विकेट लिएका छन्। २६ ओभर को खेलमा बंगलादेशले १०७ रन बनाएको छ। श्रीलंकाको पी सारामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २६१ रन बनायो । टेष्ट नेशनविरुद्ध बलियो स्कोर बनाउने क्रममा पवन शरार्फसँगै सन्दीप जोराको ब्याटिङ उत्कृष्ट रहृयो ।नेपालको सुरुवात ठीकै रहृयो ।

ऋत गौतम र पवनले पहिलो विकेटका लागि ४५ रनको साझेदारी गरेका थिए । ऋत ३२ रनमा आउट भए । आसिफ शेख मात्र ३ रनमा पभेलियन फर्किए ।तर पवनले सम्हालिएर ब्याटिङ गरे । उनले कुशल मल्लसँग ३९ रनको साझेदारी गरे भने कप्तान रोहितकुमार पौडेलसँग १४ रनको । त्यसपछि सन्दीप जोरासँग १४ रनको साझेदारी गरेका उनी ८१ रनमा आउट भए ।पाँचौं विकेटका रुपमा पवन आउट हुँदा नेपालको स्कोर १७१ रन थियो । र झण्डै १० ओभर खेल बाँकी थियो ।सन्दीप जोराले भीम सार्कीसँग मिलेर नेपालको स्कोरलाई बलियो स्थितिमा पुर्‍याए ।

दुबैले ७१ रनको साझेजारी गरे । आक्रामक पारी खेलेका उन्दीपले ३७ बलमा ५६ रनको महत्वपूर्ण पारी खेले ।भीमले २१ रन बनाए । कुशल मल्लको नाममा व्यक्तिगत २८ र कप्तान रोहितकुमारको नाममा १४ रन रहृयो ।बंगलादेशका मोहम्मद तान्जिम हुसेन र मोहम्मद शाहिन आलमले समान २-२ विकेट लिएका छन् ।सेमिफाइनलमा पुग्ने सम्भावनालाई यथावत राख्न नेपालले यो खेल जित्नै पर्ने हुन्छ । यदि पराजित भएमा नेपाल एक खेल अगाडि नै यू-१९ एसिया कप क्रिकेटको समूह चरणबाटै बाहिरिनेछ ।

आइत, भदौ २२, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस