चिनियाँ राष्ट्रपति नेपाल आउने तयारी स्वरुप बिदेशमन्त्री वाङ यी नेपालमा (भिडियो सहित)

सुनौलो नेपाल – चिनियाँ राष्ट्रपति सी जिनफिङको सम्भावित नेपाल भ्रमणको पूर्वतयारीका रुपमा चिनियाँ विदेश मन्त्री वाङ यी तीन दिने नेपाल भ्रमणका लागि आइतबार काठमाडौं आइपुगेका छन् ।

आइतबार साँझ नेपाल आएका उनलाई त्रिभुवन विमानस्थलको विशिष्ट कक्षमा स्वागतको लागी राज्यमन्त्री यादव र विदेश सचिव शंकरदास वैरागी पुगेका थिए ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको औपचारिक निमन्त्रणामा १९ सदस्यीय टोलीको नेतृत्व गर्दै वाङ नेपाल आएका हुन् ।

विदेशमन्त्री वाङले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ । ती भेटहरुमा चीनले अघि बढाएको बेल्ट एन्ड रोड इनिसियटिभ ९बीआरआई०, चिनियाँ सहयोगमा नेपालमा निर्माणाधीन परियोजनाबारे छलफल हुने परराष्ट्रमन्त्रालयले जनाएको छ ।
हेर्नुहोस उनलाई त्रिभुवन बिमानस्थलमा यसरी भयो स्वागत भिडियो सहित

आइत, भदौ २२, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस