फेरी बढ्यो सुनको मूल्य !

भदौ २३ काठमाडौं नेपाली बजारमा सुन तोलामा २ सय रुपैयाँले बढेको छ। आइतबार तोलामा ५ सयले घटेको सुन सोमबार ७१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबार सुन तोलाको ७१ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो। यस्तै चाँदीको भाउमा पनि सामान्य गिरावट आएको छ। आज चाँदी तोलामा ५ रुपैयाँले घटेर ८८० रुपैयाँमा कारोबार भइरहेको छ। एक महिनादेखि सुनको भाउ बढ्ने र घट्ने क्रममा छ।

सोम, भदौ २३, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस