वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई पनि डेंगु

भदौ २३ काठमाडौं नेत्र विशेषज्ञ प्राडा. सन्दुक रुइत तीन दिनयता अस्पतालमा छन्। अघिपछि पनि काम गर्ने र पढाउने अस्पताल भने होइन। डेंगुको संक्रमणले आफैं बिरामी परेर थापाथलीको नर्भिक अस्पतालमा उनी भर्ना भएका हुन्।

वरिष्ठ आँखा रोग विशेषज्ञ डा. रुइत र उनका दुई छोरीहरु डेंगुबाट संक्रमित भएका हुन् । उनीहरु सबैको नर्भिक अस्पतालमा उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्थाबारे नर्भिक अस्पतालले औपचारिक जानकारी दिएको छैन ।

डा. रुइत तिलगंगा आँखा अस्पतालका निर्देशक हुन् । कम लागतमा मोतीविन्दुको उपचार गरेर हजारौंको दृष्टि फर्काएका रुइत राष्ट्रिय अन्तर्राष्ट्रिय थुप्रै पुरस्कारबाट सम्मानित भएका छन् । उनलाई भारत सरकारले समेत प्रतिष्ठित पदक पद्मश्रीबाट सम्मान गरेको छ ।

सोम, भदौ २३, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस