उज्जेवकिस्तानसँग नेपाल पराजित

भदौ २३ काठमाडौं नदेज्दा कप महिला फुटबलमा नेपाल उज्जेवकिस्तानसँग स्तब्ध हुन पुगेको छ । आयोजक किर्गिस्तानविरुद्ध ८–२ गोल अन्तरको फराकिलो जित निकालेको नेपाल उज्वेकिस्तानसँग २–०ले पराजित हुन पुग्यो । पहिलो हाफको ३४औं मिनेटमा गोल गर्दै उज्वेकिस्तानले अग्रता लिएको थियो ।

तर नेपालले जवाफी गोल फर्काउन सकेन । दोस्रो हाफमा थप गोल गर्दै उज्वेकिस्तान विजयी बन्यो ।

सोम, भदौ २३, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस