छैठौ इनास अवार्ड असोजमा हुदै

सुनौलो नेपाल – अन्तराष्ट्रिय नेपाली कलाकार समाज इनासले गर्दै आएको इनास चलचित्र अवार्डको छैठौ शृंखला असोज २७ गते काठमाण्डौमा हुने भएको छ। उक्त कुरा इनासले एक प्रेस बिज्ञप्ति जारी गर्दै जानकारी गराएको छ।

इनासले यस पटक बरिष्ठ संगीतकार रञ्‍जित गजमेर लाई लाइफ़टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गर्ने भएको छ। दर्जनौं चलचित्रहरुमा सदाबहार संगीत दिएका संगीतकार गजमेरको योगदानको कदर गर्दै उनलाई लाइफ़टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गर्न लागिएको इनासका चलचित्र प्रवर्द्धन समिति संयोजक मनिष कुमार श्रेष्ठद्वारा हस्ताक्षेरित विज्ञप्तिमा जनाइएको छ। कार्यक्रमलाई गरिमामय र ओजस्वी रुपमा सफल पार्न तयारी सुरु गरिएको उक्त बिज्ञप्तिमा जनाइएको छ।

इनासले यस अघि जर्मनी, नेदरल्याण्डस, सिक्किम र नेपालको काठमाण्डौमा अवार्ड गरिसकेको छ। नेपाल भ्रमण वर्ष २०२० लाई समेत सहयोग पुर्याउने उद्देश्यले ममता र समर्पण मातृभूमिको लागि भन्ने नाराका साथ सैयौंको सख्यामा एनआरएनहरुको उपस्थितिमा यसपटक फेरी नेपालमानै आयोजना गर्न लागेको आयोजकद्वारा जनाइएको छ।

सोम, भदौ २३, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस