सुनको मूल्य ह्वात्यै घट्यो ! हेर्नुस आजको बजार मूल्य !

भदौ २४ काठमाडौं नेपाली बजारमा सुन तोलामा ७ सय रुपैयाँले घटेको छ।सोमबार ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार ७ सयले घटेर ७१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबार सुन तोलामा ५ सयले घटेर ७१ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो। यस्तै चाँदीको भाउमा पनि सामान्य गिरावट आएको छ। आज चाँदी तोलामा १० रुपैयाँले घटेर ८७० रुपैयाँमा कारोबार भइरहेको छ। एक महिनादेखि सुन र चाँदीको भाउ बढ्ने र घट्ने क्रम जारी छ।

मङ्ल, भदौ २४, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस