एसीसी यू–१९ एसिया कपमा यूएईविरुद्ध अर्धशतक बनाउन २ रनले चुके , यस्तो छ ताजा स्थिति !

काठमाडौं । एसीसी यू–१९ एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाली क्रिकेट टोलीका अलराउण्डर सन्दिप जोराले अर्धशतक पूरा गर्न २ रनले चुकेका छन् छन् । उनि ५३ बलमा ४८ रन बनाउदा आउट भए

यस अघि नेपाली क्रिकेट टोलीका कप्तान रोहित कुमार पौड्यलले अर्धशतक पूरा गरेका थिए । उनले यूएईविरुद्धको खेलमा अर्धशतक पूरा गरेका हुन् ।
चौथो नम्बरमा ब्याटिङ गर्न आएका रोहित ६७ रन बनाउदा आउट भए ।

चालु अबस्थामा नेपाल १९१ रन जोड्दा ६ विकेट गुअमाउदै ३७ ओभर खेलेको छ ।

यसअघि नेपालका लागि तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका आसिफ शेख ४६ रनमै आउट भएका थिए । नेपालले ओभरको समाप्तिमा तीन विकेट गुमाएर १०० रन पूरा गरि सकेको छ । यसअघि नेपालका रित गौतम र पवन सर्राफ रन नबनाएरै आउट भएका थिए ।

 

 

मङ्ल, भदौ २४, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस