यू १९ एसिया कप क्रिकेटःयुएईमाथि नेपाली बलर हाबी ठुलो जितको नजिक नेपाल !

काठमाडौँ श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा २ सय ८६ रनको लक्ष्य दिएको नेपाल युएई बिरुद्ध ठुलो जितको नजिक रहेको छ ।टस जितेर पहिले व्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरम नाै विकेट गुमाएर २ सय ८५ रन बनाएको हो।तर जबाफी ब्याटिंगमा उत्रिएको युएईलाई नेपाली बलरले खुलेर खेल्न नदिंदा १२२ रन बनाउदा ८ विकेट गुमाएको छ ।

जसक्रममा सगर ढकाल ३ पवन सराफ २ र सुर्य तामांगले २ क्रमल सिंह एरि १ विकेट हात पारेका छन् ।पहिले ब्याटिंग गरेको नेपालका लागि कप्तान रोहितकुमार पौडेलले अर्धशतक पुरा गरे। ८४ बलको सामना गरेका रोहितले नाै चौका र एक छक्काको मद्दतमा ६७ रन जोडे।

यस्तै सन्दीप जोराले ४८, आशिफ शेखले ४५, राशिद खानले ४४, कमलसिंह ऐरीले २१ र कुशल मल्लले २२ रनको योगदान दिए।बलिङतर्फ युएईका आकाश ताहिर र सञ्चित शर्माले तीन–तीन तथा पलानिएपन मेइयाप्पानले दुई र ऋषभ मुखर्जीले एक विकेट लिए।नेपाल र युएई प्रतियोगिताबाट बाहिरसकेका छन्। नेपाल र युएई रहेको समूह ‘बी’बाट आयोजक श्रीलंका र बंगलादेशले सेमिफाइनलमा स्थान बनाएका छन्।

मङ्ल, भदौ २४, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस