कति छ नेपाली सेनाका प्रधानसेनापतिको सम्पत्ति पहिलो पटक आयो यस्तो बिबरण !

२४ भदौ काठमाडौं सार्बजनिक पदमा रहने प्रधानमन्त्री र मन्त्रीको सम्पति कति हुन्छ भन्ने बिषयमा आम नागरिक सबैलाई जानकारीनै छ। यहि जानकारी दिन मन्त्री भएको केहि समयमानै आफ्नो सम्पति बिबरण पेश गर्नुपर्ने हुन्छ तर अहिले सम्म नेपाली सेनाका उच्च पदमा रहने अधिकारीको सम्पति विवरणहरु सार्वजनिक नहुँदा जनता त्यसबारे चासो हुनु स्वाभाविक हो । यहि बिषयलाई ध्यानमा राख्दै पहिलो पटक प्रधानसेनापति पूर्णचन्द्र थापाले कार्यभार सम्हालेको १ बर्ष पुरा भएको अबसरमा आफ्नो सम्पति बिबरण सार्बजनिक गरेका छन् । नेपाली सेनामा यसअघि प्रधानसेनापतिको सम्पत्ति विवरण सार्वजनिक गर्ने प्रचलन थिएन यस्तो परम्परा तोडदै संगठनमा थापाले आफ्नो सम्पत्ति विवरण पनि सार्वजनिक गरेका हुन् ।

सार्बजनिक सम्पति बिबरण अनुसार थापाको काठमाडौं महानगरपालिका २६ मा घर छ भने काठमाडौं, नवलपरासी र लमजुङमा केही पैत्रिक र केही आफूले किनेको जग्गा रहेको उनको सम्पत्ति विवरणमा उल्लेख छ ।यस्तै ५५ तोला सुन, ५९० तोला चाँदी, करिब १० लाख रुपैयाँको हार रहेको थापाले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंकको खातामा २३ लाख नगद, ग्लोबल आइएमइ बैंकको खातामा ४२ हजार र उनको श्रीमतीको नाममा ५० हजार नगद रहेको उल्लेख छ।श्रीमती र छोरीको नाममा ४३ लाख बराबरको सेयर रहेको सम्पत्ति विवरणमा उल्लेख छ।
सम्पति विवरण सार्वजनिक गरेको छु। आजै हाम्रो वेबसाइटमा हेर्न सकिन्छ। अन्य सैनिक सबैले सार्वजनिक गर्न सक्नुहुनेछ’, उनले भने,‘सम्पत्ति विवरण गोप्य राखिनेछ कसैले चाहनुहुन्छ भने सम्पत्ति सार्वजनिक गर्न सक्नुहुनेछ। राष्ट्रिय सुरक्षा हेर्ने संवेदनशील संगठन भएकाले सेनाभित्रको आर्थिक गतिविधि छानबिन नगरिएको हो। यसलाई दुरूपयोग नगरौं।’सेनाभित्र भ्रष्टाचार छानबिन हुँदैन त्यसैले अनियमितता हुन्छ भन्ने आरोप लागेकोले अब त्यसबारेमा पनि छानबिन हुने उनले बताए।

‘सेनाभित्र भ्रष्टाचार छानबिन हुँदैन त्यसैले अनियमितता छ भन्ने आरोप छ म यसलाई सुधार गर्छु’, उनले भने, ‘सेनाभित्रको अनियमितता र भ्रष्टाचार छानबिन हुन्छ।’गलत प्रवृत्तिलाई भत्काउन ढिला गर्न नहुने उनको भनाइ छ।गलत प्रवृत्तिलाई भत्काउन ढिला गर्नु हुँदैन। राम्रा संस्कारलाई जोगाउन ढिला नगरौं। जो भए पनि उस्तै हो भन्ने भावना भत्काउन खोज्दैछु। मैले सुधारको काम नथालेको भए धेरै ढिला हुन्थ्यो भनेर सेनाभित्र र बाहिर बहस सुरू भएको छ।’नेपाली सेनामा गरिएको सर्वेक्षणबाट आफूले गरेको काम ७० प्रतिशत भन्दा बढी सफल भएको उनले बताए।

मङ्ल, भदौ २४, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस