प्रचण्डको घरभेटिलाई मेलम्चीको ठेक्का !

भदौ २४ काठमाडौं, मेलम्ची खानेपानी आयोजनाको बुढानिलकण्ठ नगरपालिका क्षेत्रको पाइपलाइन विस्तार तथा ओभरहेड ट्याङकी निर्माणको ठेक्का विवादास्पद निर्माण व्यवसायी शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सन कम्पनीले प्राप्त गरेको छ ।जसअनुसार कम्पनिलाई एकअर्ब ४१ करोड ६९ लाख २२ हजार ७६० रुपैयाँमा सो आयोजना कम्पनिलाई दिईएको हो ।जसअन्तर्गत ३० महिनाभित्रामा सो काम पुरागर्नेगरी ठेक्का सम्झौता गरिएको छ ।

शैलुङ कन्स्ट्रक्सन कम्पनीका मालिक नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरभेटि समेत हुन् । उनलाई राजनीतिक पंहुचका आधारमा विभिन्न आयोजनाको ठेक्का लिएर समयमा काम सम्पन्न नगरेको तथा गुणस्तरहिन काम गर्ने गरेको आरोप समेत लाग्ने गरेको छ ।

ठेक्शैका सम्लुझौता अनुसार शैलुङ कन्स्ट्रक्सन कम्पनीले बुढानिलकण्ठको आरुबारीमा ओभरहेड ट्यांकी बनाउने  र त्यस क्षेत्रमा पर्ने कपन तथा बुढानिलकण्ठ क्षेत्रको पाइपलाइन विस्तार गर्नेछ ।

 

 

 

 

 

मङ्ल, भदौ २४, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस