सर्वोच्च अदालतको आदेशपछि पत्रकार ओम हमाल रिहा !

भदौ २४ काठमाडौं पत्रकार ओम हमाललाई रिहा गर्न मंगलबार सर्वोच्च अदालतले आदेश दिएको छ । हमालकी श्रीमती मोनिका गुरुङले बिहीबार दिएको रिट निवेदनमा सुनवाई गर्दै न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र बमकुमार श्रेष्ठको इजालाशले रिहा गर्न आदेश दिएको हो । आदेश लगत्तै हमाल रिहा भएका छन् ।

पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले ८ भदौमा दायर गरेको बन्दी प्रत्यक्षीकरण रिट उपर आदेश जारी गर्दै सर्वोच्च अदालतले मंगलबार रिहा गर्न आदेश दिएको थियो । रिहा गर्न आदेश दिए पनि सर्वोच्चको गेटबाटै हमाललाई पक्राउ गरेपछि उनकी श्रीमतीले पुनः बन्दीप्रत्यक्षीकरण रिट दिएकी हुन् । हमाललाई बुधबार नै काठमाडौं जिल्ला प्रशासन कार्यालबाट अभद्र व्यवहारको मुद्दामा ७ दिनको म्याद थपिएको थियो ।

मङ्ल, भदौ २४, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस