तस्करका अनेक आइडिया: मलद्वारमा लुकाएर सुन तस्करी

भदौ २४ काठमाडौं प्रहरीले मलद्वारमा लुकाएर सुन तस्करी गर्ने एकजनालाई नियन्त्रणमा लिएको छ। मनाङ मिस्याङ गाउँपालिकाका कर्मा टासी गुरुङलाई प्रहरीले तीन सय ८० ग्राम सुनसहित पक्राउ गरेको हो।

थाइल्याण्डको बैंककबाट नेपाल एयरलाइन्सको उडानबाट नेपाल आएका गुरुङलाई प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको हो। एयरपोर्ट भन्सार एरियामा मेटल डिटेक्टर र मेडिकल एक्सरे गरी जाँच गर्दा गुरुङले यसरी सुन ल्याएको पत्ता लागेको हो।

मङ्ल, भदौ २४, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस