नेकपाको रडाको कतै गुटैगुट, कतै कुटाकुट !

भदौ २५ काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रमा शीर्ष नेताबीच देखिएको विवादको असर जिल्लातहसम्म पनि देखिएको छ ।नेकपाभित्र पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल, नारायकाजी श्रेष्ठ तथा रामबहादुर थापाल छुट्टाछुट्टै गुट सञ्चालन गर्दा त्यसको असर तलसम्म परेको हो ।

नेताबीचको विवादलाई लिएर सामाजिक सञ्जालमा केन्द्रीय नेताले जथाभावी टिप्पणी गर्न थालेपछि सचिवालय बैठकले सामाजिक सञ्जालमा टिप्पणी गर्नै नपाउने निर्णयसमेत गर्नुपरेको थियो ।

केन्द्रको विवाद स्थानीयतह सम्म पुग्दा मंगलबार नेपाल कम्युनिष्ट पार्टी नेकपा जिल्ला कमिटि महोत्तरीको सपथ कार्यक्रममा पार्टीकै दुई पक्षबीच झडप भएको छ । झडप भएपछि स्थति सामान्य बनाउनको लागी प्रहरीले हस्तक्षेप समेत गरेको थियो जसक्रममा प्रहरीको लाठि नेकपा कार्यकर्ताको टाउकोमा लाग्दा कार्यकर्ता घाइते समेत बनेका छन् । घाइते हुनेहरुमा नेकपा सिराहाका नेता देब नाथ यादबको टाउकोमा गम्भीर चोट लागेको छ । उनको  टाउकोमा ९ ओटा टाँका लगाईएको छ । सप्तरीकै युवा नेता मधुसुदन यादवको खुट्टामा चोट लागेको छ । नेकपाका प्रदेशस्तरीय नेताहरु अहिले सुरक्षा घेरामा बसेका छन् ।

महोत्तरीको बर्दिबासस्थित बर्दिवास सेवा सदनको भवनमा सप्तरी र सिराहा जिल्ला कमिटीको शपथग्रहण गराउने कार्यक्रम थियो सोहि अनुसार कार्यक्रम पनि बढ्यो तर केन्द्रीय सर्कुलर अनुसार नगरेको आरोप लगाउँदै असन्तुष्ट पक्षले शपथग्रहण स्थगित गर्न माग गर्दै कार्यक्रम स्थगन गर्ने प्रयास गरेका थिए जस क्रममा असन्तुस्ट  पारेको थिए। असन्तुष्ट पक्षले नेकपा प्रदेश  नं २ का संयोजक प्रभु शाह र सचिब सुमन प्याकुरेलमाथि हात समेत गरेकाथिए ।

 

बुध, भदौ २५, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस