मेलम्चीमा एक अर्ब ४१ करोड रुपैयाँको ठेक्का प्रचण्डका घरभेटिलाई !

भदौ २५ काठमाडौं, मेलम्ची खानेपानी आयोजनाको बुढानिलकण्ठ नगरपालिका क्षेत्रको पाइपलाइन विस्तार तथा ओभरहेड ट्याङकी निर्माणको ठेक्का विवादास्पद निर्माण व्यवसायी शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सन कम्पनीले प्राप्त गरेको छ ।जसअनुसार कम्पनिलाई एकअर्ब ४१ करोड ६९ लाख २२ हजार ७६० रुपैयाँमा सो आयोजना कम्पनिलाई दिईएको हो ।जसअन्तर्गत ३० महिनाभित्रामा सो काम पुरागर्नेगरी ठेक्का सम्झौता गरिएको छ ।

शैलुङ कन्स्ट्रक्सन कम्पनीका मालिक नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरभेटि समेत हुन् । उनलाई राजनीतिक पंहुचका आधारमा विभिन्न आयोजनाको ठेक्का लिएर समयमा काम सम्पन्न नगरेको तथा गुणस्तरहिन काम गर्ने गरेको आरोप समेत लाग्ने गरेको छ ।

ठेक्शैका सम्लुझौता अनुसार शैलुङ कन्स्ट्रक्सन कम्पनीले बुढानिलकण्ठको आरुबारीमा ओभरहेड ट्यांकी बनाउने  र त्यस क्षेत्रमा पर्ने कपन तथा बुढानिलकण्ठ क्षेत्रको पाइपलाइन विस्तार गर्नेछ ।

उनले भने, ‘जेभीले लागत इस्टिमेटभन्दा झन्डै ५० करोड रुपैयाँ कममा कबोल गरेकाले ठेक्का पाएको हो।’ उक्त आयोजनाका लागि दुई अर्ब पाँच करोड रुपैयाँको लागत इस्टिमेट तयार पारिएको थियो। निर्देशनालयका अनुसार पाँचवटा ठेकेदार कम्पनी बोलपत्रमा सहभागी थिए।

जेभीले ३० महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी ठेक्का पाएको हो। प्रमुख खत्रीले ठेकेदार कम्पनीले आवश्यक पाइप तथा निर्माण सामग्री संकलन गरेर तयारी थालेको बताए। ‘अहिले बर्खा भएकाले पाइपलाइन विस्तार गर्ने अनुमति पाएका छैनौं,’ उनले भने, ‘ठेकेदार कम्पनीले पूर्वाधार निर्माणका लागि पूर्वतयारी गरिरहेको छ।

करोडौं बजेटका सडक र पुलको काम अलपत्र पारे पनि राजनीतिक पहुँचकै कारण सैलुङ कालोसूचीमा नपरेको सरकारी अधिकारीहरु नै बताउँछन्।सैलुङले यसअघि ठेक्का पाएका भक्तपुर–नगरकोट, चाबहिल–जोरपाटी, जोरपाटी–सुन्दरीजललगायत आधा दर्जनभन्दा बढी सडक अलपत्र छन्। आयोजनाहरु यस्तै अलपत्र पार्ने अर्को ठूलो कम्पनी पप्पुलाई भने अहिले कालोसूचीमा राखिएको छ।

 

 

 

बुध, भदौ २५, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस