स्वास्थ्य परीक्षण गर्न प्रधानमन्त्री बिहानै शिक्षण अस्पतालमा !

प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य जाँचका लागि बुधबार बिहान त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज पुगेका छन्। सिंगापुरमा उपचार गरी गतसाता फर्किएका ओली नियमित फलोअपका लागि शिक्षण अस्पताल पुगेका हुन् ।

ओली यसअघि पनि स्वास्थ्य परीक्षण तथा फलोअपका लागि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा जाने गरेका थिए ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका निर्देशक उत्तम श्रेष्ठसहितको टोलीले प्रधानमन्त्री ओलीको स्वास्थ जाँच गरिरहेको निर्देशक श्रेष्ठले जानकारी दिए ।सिंगापुरमा १० दिनसम्म मिर्गौलाको उपचार ओली गत शुक्रबार स्वदेश फर्किएका थिए ।

 

बुध, भदौ २५, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस