कक्षा कोठामै विद्यार्थी मुर्छा पर्न थालेपछि…

भदौ २५ काठमाडौं कक्षा कोठामै विद्यार्थी बिरामी पर्न थालेपछि सल्यान जिल्लाको शारदा नगरपालिका–११ मा रहेको महेन्द्ररत्न माध्यमिक विद्यालय हिवल्चाको पढाइ प्रभावित भएको छ। दुई महिनायता कक्षा कोठामै छात्राहरू मूर्च्छा पर्ने बर्बराउने काप्ने गरेपछि पढाइ प्रभावित भएको हो। नौ वर्ष उमेरदेखि १२/१३ वर्षभित्रका छात्रामा यस्तो समस्या देखिएको विद्यालयका प्रधानाध्यापक जीतबहादुर बुढाथोकीले बताए ।

छात्राहरू बिरामी पर्न थालेपछि अन्य विद्यार्थीसमेत डराउन थालेका छन्। विद्यालयमा जाँदा आफूलाई पनि यस्तै हुन्छ कि भन्ने डरले विद्यालय आउने विद्यार्थीको संख्या निकै कम भएको बुढाथोकीले बताए। विगतका वर्षहरूमा २/३ जना छात्राहरूमा यस्तो समस्या देखिएको थियो । तर जेठ महिनादेखि यो समस्या बढेर गएको उनको भनाइ छ।

बुध, भदौ २५, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस