पम्फा भुसाल भन्छिन: खुला सिमाना बन्द गरि सिमानामा सेना राख्नुपर्छ।

भदौ २५ काठमाडौं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाकी सांसद पम्फा भुसालले खुला सीमा बन्द गर्नु पर्ने धारणा राखेकी छिन। बुधबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद भुसालले अहिले नै भिसाको व्यवस्था गर्ने अवस्था नभए पनि सीमा बन्द गरी आवागमनमा निगरानी गर्नु पर्ने बताइन् ।

बैठकमा बोल्दै सांसद भुसालले भनिन बोर्डर बन्द गर्नुपर्छ, आवागमनमा निगरानी गर्नुपर्छ । नाका निश्चित गरौं । अहिले नै भिसाको व्यवस्था गर्न गाह्रो हुन सक्छ। सामान्य आफ्नो परिचयपत्र देखाएर आवतजावतलाई सहज बनाउन तर खुला बोर्डर बन्द गर्नु पर्छ । भारतीय किसानले नभइ सीमा सुरक्षा बल एसएसबीले हरेक वर्ष सीमा स्तम्भ सार्ने गरेको भन्दै सांसद भुसालले सीमा क्षेत्र नजिक नेपाली सेनालाई राख्नु पर्ने प्रस्ताव गरिन् ।

उनले नेपाली सेनालाई बोर्डर नजिक राख्नुपर्ने पनि बताइन।

बुध, भदौ २५, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस