बाग्लुङ्गमा ११ बर्षिया भतिजीलाई बलात्कार गरि काका फरार

भदौ २५ काठमाडौं नेपाली समाजमा बलात्कारका घटनाहरु दिनानुदिन बढ्दै गैरहेका छन्। बलात्कारीको निशानामा विशेसगरि बालिकाहरु पर्ने गरेका छन्। यसैबीच बागलुङमा ११ वर्षीया बालिकालाई आफ्नै काकाले बलात्कार गरी फरार भएका छन्। बाग्लुङ्गको काठेखोला गाउँपालिका–५ का ६१ वर्षीय चन्द्रबहादुर सुनारले आफ्नै भतिजीलाइ बलात्कार गरि फरार भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

सुनारले ति बालिकालाई आर्थिक प्रलोभनमा पारी बलात्कार गरेको भन्दै पीडित पक्षले मङ्गलबार बागलुङ प्रहरीमा उजुरी दर्ता गरेपछि काकाद्वारा भतिजी बलात्कार गरेको रहस्य खुलेको हो। भदौ १५ गते तीजको दिन बालिकालाई सुनारले बलात्कार गरेका थिए। घटना गाउँमै लुकाउन खोजेको भए पनि प्रहरीकै सक्रियतामा बलात्कारको घटना बाहिर आएको हो।

आर्थिक अवस्था कमजोर भएका कारणले उजुरी दिन सदरमुकाम आउन नसकेको भन्ने सूचनाको आधारमा प्रहरी पीडितकै घरमा पुगेर पीडित परिवारलाई सदरमुकाम ल्याएको प्रहरीले जनाएको छ। सुनारको खोजि कार्य भैरहेको प्रहरीले जनाएको छ।

बुध, भदौ २५, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस