कांग्रेस नेतृ कोइराला भन्छिन: म हिन्दु हुँ तर फोहोर भएकाले पशुपति जान मन लाग्दैन।

भदौ २५ काठमाडौं नेपाली काग्रेंसकी नेतृ सुजाता कोइरालाले आफु हिन्दु भएर पनि पशुपतिनाथमा जान हिच्किच्याँउने गरेको बताएकी छिन । बुधबार पशुपति क्षेत्र विकास कोषले आयोजना गरेको पशुपतिनाथ क्षेत्रको गुरु योजनाबारे छलफल गर्न आयोजित कार्यक्रममा बोल्दै नेतृ कोइरालाले आफूलाई धेरैले पशुपतिमा बोलाएपनि आफु त्यहाँ नजाने गरेको बताएकी हुन्।

कार्यक्रममा बोल्दै नेतृ कोइरालाले भनिन साँच्चि भन्नी हो भने म आफै हिन्दु हुँ मलाई पशुपतीमा पुँजा आरती गर्नका लागी धेरै बोलाइन्छ तर म त्यहाँ जान एकदमै हिच्किच्याँउने गर्दछु । पशुपति नाथ जान मलाई त्यति मनै लाग्दैन किनभने त्यहाँ एकदम फोहोर छ। नदीहरु गनाईराखेको हुन्छ ट्वाइलेट त्यस्तै फोहोर छ वातावरण पुरै विग्रिएको छ । सोही अवसरमा उहाँले शिवरात्रीका अवसरमा आउने नाङ्गाबाबाहरुले देशकै बेइज्जत गर्ने गरेको पनि बताइन।

बुध, भदौ २५, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस