पर्यटनमन्त्रीको उदघोष: अबको ५ बर्षभित्र निजगढ विमानस्थल तयार हुन्छ।

भदौ २५ काठमाडौं संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालमा हवाई यात्रुहरुको संख्या उल्लेख्य मात्रामा वृद्धि भइरहेको भन्दै निकट भविष्यमै दुई ओटा अन्तरर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउन लागेको बताउनुभएको छ। काठमाण्डौमा जारी नेपाल पूर्वाधार सम्मेलनमा उहाँले अबको ५ वर्षभित्र कुनै पनि हालतमा निजगढ अन्तरर्राष्ट्रिय विमानस्थल तयार हुने भन्दै यसका लागि ठोस रुपमा प्रक्रिया अघि बढिसकेको पनि बताउनुभयो।

मन्त्री भट्टराईले वैदेशिक लगानीका लागि नेपाल अहिले सबैभन्दा राम्रो र उपयुक्त गन्तव्य भएको भन्दै उत्तर–दक्षिण दुवै मुलुकसँग विभिन्न नाकाको स्तरोन्नति गर्ने र नयाँ नाका खोल्ने तथा पूर्व–पश्चिम जोड्ने चार ओटा राजमार्गहरुको निर्माणअघि बढाएकाले यातायात क्षेत्रमा ठूलो सुधार हुने धारणा राख्नुभयो।

बुध, भदौ २५, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस