नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु, वामदेव अनुपस्थित !

भदौ २५ काठमाडौं सत्तारुढ दल नेकपाको सचिवालयको बैठक बालुवाटारमा सुरु भएको छ। यसअघि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली सिंगापुरमा रहदा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा भदौ ९ गते सचिवालय बैठक बसेको थियो।

भदौं ५ मा ओलीसहितको सचिवालय बैठकमा वरिष्ठ नेता माधव नेपाल र ओलबीचमा चर्काचर्की भएपछि यी दुई नेताबीच छलफल नहुँदै सचिवालय बैठक बसेको हो। बैठकमा सचिवालय सदस्य तथा प्रस्तावित पार्टी उपाध्यक्ष वामदेव गौतम भने सहभागी छैनन्। उनी ज्वरो आएर बिरामी परेका कारण आराम गरिरहेका छन्। बैठकमा अन्य आठ नेता सहभागी छन्।

बुध, भदौ २५, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस