महासचिव विष्णु पौडेलले पाए उपनिर्वाचनका लागि दल दर्ता गर्ने जिम्मेवारी

भदौ २५ काठमाडौं सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी मंसिर १४ गते हुने उपनिर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न महासचिव विष्णु पौडेललाई जिम्मेवारी दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी सचिवालयको बैठकले भदौ मसान्तभित्र दल दर्ताका लागि पौडेललाई जिम्मेवारी दिएको हो।

निर्वाचन आयोगले उपनिर्वाचनको लागि दलहरुलाई भदौ मसान्तसम्म दल दर्ता गर्न मिति तोकेको थियो। प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरबाट फर्किएपछि आज पहिलो पटक ने क पाको सचिवालय बैठक बसेको हो। प्रधानमन्त्री ओली गत भदौ ५ गते सिंगापुर गएका थिए। त्यसबीचमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा ९ गते बैठक बसेको थियो।

बुध, भदौ २५, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस