नेकपा सांसद भन्छन: एनसेलको करसम्बन्धी फैसला गर्ने न्यायाधीशलाई महाअभियोग लगाउनुपर्छ। (भिडियो)

भदौ २५ काठमाडौं यहि भदौ ९ गते सर्बोच अदालतले एनसेलको मुदामा गरेको एउटा फैसलाको अहिले सर्बत्र चर्चा भैरहेको छ। यसै बिषयमा संसद्भ भवन पनि तातिएको छ। यो फैसलाको विरुद्धमा नेकपा सांसद मोहन बानियाले चर्को आलोचना गर्नुका साथै उक्त फैसला गर्ने न्यायाधीशलाई महाअभियोग लगाउनुपर्ने बताएका छन्।

सुनौलो नेपालसंग कुरा गर्दै सांसद बानियाले एनसेल भन्ने एउटा प्राइभेट कम्पनीलाई पुँजीगत लाभकर तिर्नुपर्छ भनेर बारबार घच्घच्याइ रहेको अवस्था र उसले अटेर गरिराखेको अवस्थामा जनताले बिस्वास गरेको न्यायालयले यस्तो निर्णय गर्दा न्यायालय माथि पनि शंका गर्नुपर्ने स्थिति आएको समेत बताएका छन्। यो व्यक्तिगत मात्र नभएर समग्र चासोको बिषय भएको भन्दै उनले न्यायालय माथि प्रश्नचिन्ह गर्ने अवस्था आउन नहुने बताए। न्यायालय माथि पनि अन्याय भयो भने न्यायको लागि बोल्ने प्रतिनिधि सभा छ जसले निति निर्माण परिवर्तन गर्ने र त्यसलाई संसोधन गर्ने अधिकार बोकेको छ। उनले भने।

सामान्य कुराहरुमा जनताले ट्याक्स तिर्नुपर्ने तर त्यत्रो ठुलो कम्पनी एन्सेलले तिर्न बाकी रहेको १८ अर्ब ट्याक्स बाट छुटकारा पाउँछ भने त्यसको विरुद्ध चुप लागेर नबस्ने उनको भनाइ थियो।

बुध, भदौ २५, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस