काँग्रेस सांसदले भने: डेंगुले यस्तो आतंक मच्चाउँदा पनि मुकदर्शक भएर बस्ने स्वास्थ्यमन्त्रीले राजिनामा दिनुपर्छ।

भदौ २६ काठमाडौं नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले स्वास्थ्यमन्त्री को राजिनामा माग गरेका छन्। बिहिबार प्रतिनिधिसभामा बोल्दै गौतमले डेंगु नियन्त्रण गर्न नसकेको भन्दै स्वास्थ्यमन्त्रीको राजीनामा माग गरेका हुन् ।

देश डेंगुले आक्रान्त भइसक्दा पनि सरकार मुकदर्शक बनेको भन्दै उनले उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको राजीनामा माग गरेका हुन् ।स्वास्थ्यको जिम्मा लिएर बसेका मन्त्री कहाँ हुनुहुन्छ ? यो बेलामा चुप लागेर बसेर हुँदैन उनले भने रुलिङ गरेको भरमा झारा टारेर हुँदैन म स्वास्थ्यमन्त्रीको राजीनामा माग गर्छु, सरकार मुकदर्शक भएर हुँदैन।

सांसद गौतमले अहिले दुई तिहाइ बहुमतको सरकारले जनताको रक्षा गर्न नसके कसले गर्छ भन्ने प्रश्न पनि गरे ।

बिहि, भदौ २६, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस