दशैँका लागि अग्रिम टिकट बुकिङ असोज ५ गतेदेखि खुल्ने

भदौ २६ काठमाडौं नजिकिंदै गरेको दसैंका लागि असोज ५ गतेदेखि अग्रिम बस टिकट बुकिङ खुल्ने भएको छ। यातायात व्यवस्था विभागमा आज बसेको विभागका अधिकारी यातायात व्यवसायी तथा ट्राफिक प्रहरीको संयुक्त बैठकले असोज ५ देखि अग्रिम बस टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो।

यस पटकको दसैंमा नयाँ यातायात भने थपिएको छैन। दसैं तिहारका लागि हालको प्रचलित भाडाअनुसार नै टिकट बुकिङ हुने विभागले जनाएको छ।

दशैँको घटस्थापनादेखि राजधानीमा बस्नेहरु दशैँ मनाउँन आफ्ना घर जाने गर्छन् । दशैँका समयमा सबैभन्दा बढी मासिनले राजधानी छाड्ने भएकाले हरेक वर्ष अग्रिम टिकट बुकिङ हुँदै आएको छ ।

बिहि, भदौ २६, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस