वीरगंजमा ट्राफिक प्रहरीले चालकको कन्चटमा वाकिटकी सेटले हिर्काएपछि…

भदौ २६ काठमाडौं वीरगन्जमा ई रिक्साका एक चालकले सडकमै ई रिक्सा रोकेर यात्रु चढाएको भन्दै ट्राफिक प्रहरीले उनलाई गम्भीर घाइते हुनेगरि कुटपिट गरेका छन्।

ट्राफिक प्रहरी नायव निरीक्षक सुरेश यादवले ना १ ह ६६७१ नम्बरको ई रिक्साका चालक सन्तेष पटेललाई कुट्दा उनि घाइते भएका हुन्। दाहिने कानमा घाउ लागेका चालक पटेलको वीरगन्जको गण्डक चोकमा रहेको नारायणी बयोधा अस्पतालमा उपचार भइरहेको छ।

यादवले आफूसँग रहेको वायरलेस वाकिटकी सेटले पटेलको कन्चटमा हिर्काउँदा दाहिने कानमा घाउ लागेको छ। वाकीटकी सेटको एन्टिना कानभित्रै छिरेकाले रगत बगिरहेको बताइएको छ। अहिले उनको नारायणी बयोधा अस्पताल वीरगंजमा उपचार भइरहेको छ।

बिहि, भदौ २६, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस