नादेज्दा कप फुटबल: फाइनलमा उज्वेकिस्तासनँग नेपाल ३-२ गोलले पराजित

भदौ २६ काठमाडौं सावित्रा भण्डारीले दुई गोल गरे पनि नेपाल नाडेज्दा कप फुटबलको फाइनलमा उज्वेकिस्तानसँग पराजित भएको छ । निकै प्रतिस्पर्धात्मक फाइनलमा नेपाल उज्वेकिस्तानसँग ३–२ को गोलअन्तर पराजित भएको हो । गोलका तीन सुन्दर अवसर बारमा लागेर फर्किंदा नेपाल वर्षको पहिलो उपाधि जित्नबाट वञ्चित भएको छ ।

कीर्गिस्तानमा जारी नादेज्दा कप फुटबलको फाइनलमा  उज्वेकिस्तानसँग ३-२ गोलले पराजित भएपछि नेपालको सपना अधुरै बन्यो। खेलमा ३-० गोलले पछाडि परेको नेपालले पछि दुई गोल फर्काएको थियो। दुवै गोल सावित्रा भन्डारीले गरिन्।

नेपाल यस हारसँगै आठौं पटक फाइनलमा पुगेर उपाधिविहिन बनेको छ । यसअघि ६ पटक भारत र १ पटक म्यानमारसँग नेपाल फाइनलमा पराजित भएको थियो । पछिल्लोपटक नेपाल विराटनगरमा आयोजित साफ च्याम्पियनसिपमा भारतसँग फाइनलमा पराजित भएको थियो । त्यसअघि भारतको कोलकातामा भएको हिरो गोल्डकपमा म्यानमार नेपालको लागि बाधक बनेको थियो ।

बिहि, भदौ २६, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस