सन्नी लियोनी नेपालमा, यसरी नेपाली टोपीमा ठाटिएर हेर्नुहोस भिडियो सहित

सुनौलो नेपाल – बलिउड नायिका सन्नी लियोनी नेपाल आएकी छिन् आइटम गर्ल को रुपमा चर्चित उनी आज बेलुकी काठमाण्डौको कुमारी हलमा आयोजना हुन लागेको चलचित्र ‘पासवर्ड’को प्रिमियरमा सहभागी हुन उनी नेपाल आएकी हुन् ।

सन्नीले त्रिभुवन विमानस्थल बाहिर उपस्थित पत्रकार तथा आफ्ना फ्यानलाई अभिभावदन गरिन् । उनी आज बेलुकी आयोजना हुने प्रिमियरमा सहभागी भएर भोली फर्किनेछिन् । सन्नीको सुरक्षाका लागि विमानस्थलमा सुरक्षागार्ड र प्रहरीको बाक्लो उपस्थिती थियो ।

सन्नीले नेपाली चलचित्र ‘पासवर्ड’को एक गीतमा आइटम नृत्य गरेकी छिन् । यो चलचित्र भोलीबाट नेपाल लगायत विभिन्न देशमा रिलिज हुँदैछ । सन्नी नेपाल आउँदा चलचित्रको व्यापारमा फाइदा पुग्ने अपेक्षा निर्माणपक्षको छ ।

भिडियो सहित

बिहि, भदौ २६, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस