logo

२०८१ बैशाख १२ बुधबार

logo
  • बुधबार, १२ बैशाख २०८१
  • भोली र पर्सी काठमाडौँ छोड्न पाइने सरकारले मिलायो व्यवस्था

    भोली र पर्सी काठमाडौँ छोड्न पाइने सरकारले मिलायो व्यवस्था

    2.7K
    Shares

    काठमाडौं । सरकारले भोलि र पर्सि काठमाडौं बाहिर जान चाहनेका लागि छुट दिने व्यवस्था मिलाएको छ ।

    स्थानीय तहको समन्वयमा सरकारले काठमाडौं बाहिर जान चाहनेका लागि विभिन्‍न ठाउँमा गाडीको व्यवस्था समेत मिलाएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको कोरोना रोकथाम तथा समन्वय समितिको आज बसेको बैठकले २ दिनका लागि राजधानी बाहिरिन चाहने सर्वसाधारणलाई सहज होस् भनेर यस्तो व्यवस्था मिलाएको हो ।

    यसका लागि स्थानीय तहसँग समन्वय भइरहेको जनाइएको छ । काठमाडौंबाट बाहिर जान पाए पनि काठमाडौं प्रवेश गर्न भने नपाइने समितिले निर्णय गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend