logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • स्वार्थले भरिएको हाम्रो समाज

    स्वार्थले भरिएको हाम्रो समाज

    10K
    Shares

    समाज भनेको एकभन्दा धेरै मानिसहरुको समुदाय हो । समाजले एउटै रहन सहन, व्यवस्था, धर्म आदि अँगाल्ने वा एकै स्थानमा बसोबास गर्ने मानिसहरूको समुहलाई बुझाउँछ । अनि समाज यो पनि होकी कोही कसैलाई आपत्त-विपत्त पर्दा सहयोग गर्ने ।

    समाजलाई हरेक ढंगबाट मानिसले परिभाषित गरेका छन् । तपाईले यो कुरा कत्तिको ख्याल गर्नु भएको छ कि, वास्तवमै ती परिभाषित गरिएका कुराहरु कतै पनि भेटिन्न् । अचेलका समाजका व्यक्ति आ—आफ्नै दुनियामा मस्त छन् । कोहि कसैलाई सहयोग चाहियो भने कानमा तेल हालेर बस्ने समाज जब आफुलाई काम आईपर्छ, अनि सहयोग चाहिन्छ हो त्यो बेला मा ब्युझीन्छन् ।

    त्यो पनि बिच रात निद्रमा उठेका् बिँउझाई, आफु उठ्ने कहाँ हिडेको थाहाँ छैन् अरुकै भरमा सुरक्षित बिस्तारमा पुग्छन् । सहयोग त उसले लियो तर एकतर्फी । हो यस्तै खालका स्वार्थीले भरिएका छन् अचेलका समाजका व्यक्ति । उदाहरणको लागि बाटोमा एक्लै हिड्दै गरेको अवस्थामा बिना कारण कोही कसैले जिस्काउँछन् वा निँउ नै खोज्छन् र तपाईंले त्यो व्यतिलाई किन यस्तो भनिस् भनेर सोध्दा त्यहाँ भनाभन त हुन्छनै । त्यो बीचमा वरीपरिका मान्छे पनि जम्मा भईसक्छन् ।

    अब हेर्नुस्, तपाईलाई त्यहाँ के भयो बहिनी, के भयो भाई, के भयो दाई, के भयो दिदी भनेर सोध्ने मान्छे कोही भेटिन्छन् ? बस हाम्रो समाज त रमिता हेर्नको लागि मात्र लायक छ । अनि हामी आफैँ भन्छौ समाज किन परिवर्तन हुँदैन्? हामीलाई यो प्रश्न गर्दै गर्दा भित्रदेखिबाट लाज लागेर आउनु पर्ने हो । न यहाँ भाईको लागि उभिन तयार छ समाज न बहिनिको लागि ।

    समाज चिनजान व्यक्तिको लागि मात्र होइन् अपरिचीत व्यक्तिको लागि पनि हो । तर यो कुरा कसैले बुझदैनन् । परिवार छ, दिदिबहिनी छ भन्नेहरुले अरुको दिदिबिहिनलाई किन आफ्नै दिदिबहिनि ठान्दैनन्? किन अफ्ठा्यारो परेको बेला बोल्न सक्दैन । के अपरिचित व्यक्ति आफ्नो दाजुभाई दिदिबहिनि सरह हुदैनन् र? यो मेरो समाजलाई प्रश्न ।

    समाजका कोहि व्यकतिलाई समस्या परिहाले पनि हो तैले यस ठाँउमा गएर मुद्धा हाल, यसरी बोल भन्ने त्यहि समाजका व्यक्ति भोलि त्यस ठाँउमा जादाँ उ चुपचाप हुन्छन् एक शब्द बोली फुट्दैन् । उचाल्ने र पछार्ने यो त समाजको नियमनै होनी ।

    समाजमा रहेका कामको जिम्मेवारी बहन गर्न नसक्ने समाज अरुले लिएको जिम्मेवारीमा मुद्धा मामिला हाल्न एककदम पनि पछि पर्दैनन् । कसरी हुन्छ यसको कामलाई रोक दिँउ कसरी हुन्छ यसलाई फसाईदिँउ । अनि अर्का व्यक्ति हुन्छन् त्यो फसेको त्यसको काम रोक्केको रमिता मैले कसरी हेर्न पाँउछु । तपाईले आज कुनै बाटो निर्माण गर्नुभएको छ हो त्यो कुरा केहि समय पछि सोध्नुस् त्यो समाजलाई त्यो बाटो कसले निर्माण ग¥र्यो भनेर त्यहाँ उत्तर कसैको आँउदैन् चुपचाप बस्छन् ।

    हामी किन अरुको विरोधमा उत्रिन्छौ के समाज यसकै लागि बनेको हो भन्ने प्रश्न धरैको हुन सक्छ । केबल हामी समाजको सहयोग चाहान्छौ । मेरो छिमेकी मात्र होईन मेरो समाज, मेरो समाज हरेक ठाँउको व्यक्ति हो, मरो समाजनै देश हो, त्यहि देशबाट मलै सहयोगको अपेक्षा गरेको छु । ताकि म कुनै अपरिचित ठाँउमा जाँदा पनि म सुरक्षित रहुँ समस्या अफ्ठरो पर्दा सहयोग पाउ आखिर यसकै लागि त होनी हाम्रो यो नेपाली समाज ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend