logo

२०८१ बैशाख १२ बुधबार

logo
  • बुधबार, १२ बैशाख २०८१
  • पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या

    पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या

    5.1K
    Shares

    मङ्सिर ११ काठमाडौं – पूर्वयुवराज पारस शाहको छातीमा समस्या आएपछि अस्वस्थ भएका छन्। नारायणगढस्थित एक होटलमा मङ्गलबार साँझ आएर बसेका शाहलाई बुधबार साँझबाट छातीमा समस्या देखिएको हो।

    शाह बिरामी भएपछि चितवन मेडिकल कलेजका मुटुरोग विशेषज्ञ डा श्यामराज रेग्मीसहितको चिकित्सक टोलीले परीक्षण शुरु गरेको छ। 

    रेग्मीका अनुसार, उनलाई होटलमै इसिजी गरिँदै छ। यसैगरी रगत परीक्षण गर्न लागिएको उनले जानकारी दिए।  ‘उहाँको स्वास्थ्य परीक्षण गरेर इसिजीलगायत परीक्षणका लागि हामी अस्पताल आएका छौँ’, रेग्मीले भने, ‘उहाँको अवस्थाका बारेमा केही बेरपछि भन्न सकिन्छ।’

     इसिजी र रगत परीक्षणको नतिजा आएपछि छातीको समस्याबारे यकिन हुने उनले जानकारी दिए।

    रेग्मीका अनुसार शाहमा मुटुसम्बन्धी पुरानै समस्या रहेको थियो। सोही समस्या बल्झिएको अनुमान चिकित्सकले गरेका छन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend