२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

सांसद सुनिल शर्मा र जापानको हाउस अफ काउन्सिलर्स सांसद कुबोटाबीच भेटवार्ता

बिहिवार , मंसिर ६, २०८१

जापान । प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा र जापानको हाउस अफ काउन्सिलर्सका सदस्य सांसद कुबोटा तेत्सुयाबीच भेटघाट भएको छ । जापानको टोकियोमा रहेको हाउस अफ काउन्सिलर्समा सांसद शर्मा र जापानी सांसद कुबोटाबीच भेटघाट भएको हो।

नेपाली कांग्रेसका नेता चिरन्जीवी थापाको पहलमा भएको भेटमा दुई देशको आपसी सम्बन्ध परापूर्वकालदेखि नै चल्दै आएको र त्यो जनस्तरसम्म पुगेको भन्दै दुई देशको सम्बन्धलाई अझै दिगो र प्रगाढ बनाउन दुवै देशका सांसदहरुले भूमिका खेल्नुपर्ने धारणा राखेका थिए।

सांसद शर्माले जापानले नेपालको विकासमा ठूलो सहयोग गरेको, जापान सरकार नेपालको ठूलो विकास साझेदार देश रहेकाले उक्त सहयोगलाई निरन्तर जारी राख्न जापानी सांसद कुबोटासँग आग्रह गरेका थिए।

सांसद कुबोटालाई शर्माले बुद्धको देश नेपालमा स्वागत गर्न आफू आतुर रहेको पनि बताएका थिए । तपाईं नेपाल आउनुभयो भने भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा लगेर तपाईंसँगै म पनि ध्यान गर्छु त्यसबाट शान्ति र आनन्द प्राप्त हुन्छ सांसद शर्माले कुबोटालाई भने।

स्पेसटाउनका मेयर हिरोसी कोजोनोको निमन्त्रणमा सांसद शर्मा, नेता चिरन्जीवी थापा, मोरङ मिक्लाजुङ्ग गाउँपालिकाका अध्यक्ष बबिकुमार राई तथा व्यवसायी जीवन खड्कालगायतको टोली जापान आएको हो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ