मलेसिया । नेपाल मगर संघ मलेसिया क्षेत्रीय समिति पेनाङले विषेश गरी मगर समुदायले मनाउने मौलिक पर्व माघे संक्रान्तिको अवसरमा सांगितिक कार्यक्रम आयोजना गर्दै छ ।
यहि जनवरी २९ तारिखका दिन मलेसियाको पेनाङ राज्य स्थित सनसाइन मार्केटको सभाहलमा ‘माघे संक्रान्तिञ विषेश सांगीतिक कार्यक्रम २०२५ आयोजना गर्ने भएको छ।
कार्यक्रममा नेपालबाट चर्चित कलाकारहरु आउने भएका छन्। जसमा द भ्वाइस अफ नेपाल सिजन ५ का लोकप्रिय गायिका कन्चन पुनमगर पछिल्लो समय लोकप्रियमा आएको सुल्पा ग्रुपका संचालिका लोकदोहोरी गायिका रुचा पुनमगरको प्रस्तुति रहने छ । साथै स्थानिय कलाकारहरुको पनि प्रस्तुति रहने संघका अध्यक्ष बिरश पुनमगरले जानकारी दिए।
उक्त कार्यक्रममा मगर पोसाक प्रदर्शन, मगर भाषा तथा सांस्कृतिक नाचगान, मगर परिकार र लाइभ दोहोरी प्रस्तुति समेत रहने छ।
उक्त कार्यक्रममा मलेसिया स्थित संचालित विभिन्न संघ संस्था,व्यापारी,बुद्धिजीवी,भातृ संगठन,श्रमिक साथै समष्ट नेपाली दाजुभाई दिदीबहिनीहरुलाई उक्त कार्यक्रममा उपस्थित भइदिन आयोजकले आह्वान समेत गरेको छ।
प्रतिक्रिया दिनुहोस