logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • चर्चित मलेसियन ब्राण्ड प्रोटोनको ‘प्रोटोन सागा’ नेपालमा आज सार्वजनिक हुँदै

    चर्चित मलेसियन ब्राण्ड प्रोटोनको ‘प्रोटोन सागा’ नेपालमा आज सार्वजनिक हुँदै

    6.5K
    Shares

    काठमाडौं । मलेसियन अटोमोबाइल कम्पनीले उत्पादन गरेको प्रोटोनको ‘प्रोटोन सागा’ बुधबार  नेपालमा पहिलोपटक सार्वजनिक हुने भएको छ ।

    प्रोटोनको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्सले आज  यो गाडी नेपालमा सार्वजनिक गर्न लागेको हो । भर्चुअलमार्फत् प्रोटोन कार्स नेपालको आधिकारिक फेसबुक र युट्युब पेजमार्फत्  ५ बजे प्रत्यक्ष प्रसारण गरिने कम्पनीले जनाएको छ ।

    प्रोटोन अटोमोबाइल कम्पनी छोटो समयमा प्रसिद्धि कमाउन सफल मलेसियाको राष्ट्रिय अटोमोबाइल कम्पनी हो । यसले सन् १९८५ मा प्रोटोन साँगाकै रुपमा आफ्नो पहिलो गाडी बजारमा ल्याएको थियो । प्रोटोन हाल ७० भन्दा धेरै मुलुकहरुमा देख्न सकिने र यसका करिब ४४ लाख प्रयोगकर्ता रहेको कम्पनीले जनाएको छ 

    प्रोटोन सागामा १.३ लिटरको भीभीटी इन्जिन १२९९ सीसीको रहेको छ । मनोरञ्जन विधाका लागि यसमा नयाँ स्मार्टफोन कनेक्टिभिटी सुविधा जडान गरिएको कम्पनीले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend