२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

कुरीति अन्त्य र जागरुक समाज निर्माणमा साहित्यकारको महत्वपूर्ण भूमिका छ : मुख्यमन्त्री शाह

शनिवार , माघ १२, २०८१

अत्तरिया (कैलाली) । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले साहित्यका माध्यमबाट सामाजिक कुरीति अन्त्य गर्न बल मिल्ने उल्लेख गर्दै जागरुक समाज निर्माणमा साहित्यकारहरुको महत्वपूर्ण भूमिका हुने बताएका छन् ।

सुदूरपश्चिमाञ्चल साहित्य समाजले आज धनगढीमा आयोजना गरेको साहित्यकार कैलाशकुमार पाण्डेयको कथा सङ्ग्रह ‘नयातल’ विमोचन कार्यक्रममा उनले साहित्यमा समाजका हरेक कुरा प्रतिविम्बित हुने बताए । मुख्यमन्त्री शाहले भने, “साहित्यको प्रवद्र्धन गर्न हामी सबै लाग्यौँ भने यो क्षेत्रलाई पनि सम्मानित रुपमा अगाडि बढाउन सकिन्छ । ”

प्राध्यापक तुलसी शर्माले प्रस्तुत कथा सङ्ग्रहमा अन्धविश्वास, जातीय विभेद, लैङ्गिक विभेद चित्रण गरिएको बताए ।

पुस्तकका लेखक पाण्डेयले कथाका माध्यमबाट जीवनका भोगाइ प्रस्तुत गर्ने जमर्को गरेको बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ