logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • २१ देशमा तीन सय ३५ काेराेना संक्रमितकाे मृत्यु

    २१ देशमा तीन सय ३५ काेराेना संक्रमितकाे मृत्यु

    6.2K
    Shares

    काठमाडौं । विदेशमा पछिल्लो साता बेलायतमा रहेका दुई नेपालीको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार विदेशमा मृत्यु हुने नेपालीको संख्या तीन सय ३५ पुगेको छ ।

    एनआरएनए अनतर्गतको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार हालसम्म २१ देशमा कोरोना संक्रमणले नेपालीको मृत्यु भएको छ । उनले शनिबार साँझसम्म ५० देशमा कोरोना संक्रमित नेपालीको संख्या ६० हजार एक सय २१ पुगेको जनाए । तीमध्ये ५८ हजार चार सय ३२ जना कोरोनामुक्त भएका छन् ।

    संक्रमणमुक्त हुने दर ९७ प्रतिशत छ । संघको स्वास्थ्य समितिका अनुसार यो साता अष्ट्रेलिया, स्पेन, बेलायत, यूएई, साउदी अरबमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend