logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • ढिलो चाँडो नयाँ जनादेशबाट हामी सत्तामा जाने बाटो खोज्नुपर्छ : प्रकाशशरण महत

    ढिलो चाँडो नयाँ जनादेशबाट हामी सत्तामा जाने बाटो खोज्नुपर्छ : प्रकाशशरण महत

    4.3K
    Shares

    प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेसँगै नेपाली कांग्रेसको आन्तरिक राजनीति पनि ध्रुवीकृति भएको छ । प्रधानमन्त्रीको कदमलाई पार्टीले आधिकारिक रुपमा असंवैधानिक र वदनियतपूर्ण भनेपनि आन्दोलनमा जान भिन्न मत देखिएको छ । यसैबीच पार्टी केन्द्रीय समितिको बैठकले पार्टीको आगामी महाधिवेसनको मिति तय गरेको छ । यसै सेरोफेरोमा न्यूज एजेन्सी नेपालले नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतसँग कुराकानी गरेको छ । कुराकानीमा सहमहामन्त्री महतले कांग्रेसले आन्तरिक राजनीति र संगठनको लागि महाधिवेसनमा केन्द्रीत हुने र प्रतिनिधि सभाको आवधिक निर्वाचनको लागि तयार हुनेगरी तयारी थाल्ने बताएका छन् । 

    नेपाली कांग्रेसले तोकिएको समयमा महाधिवेसन गर्न सकेन । के अव कांग्रेस संवैधानिक संकट तर्फ उन्मुख हुँदै गएको हो ?

    केही संकटमा गएको छैन । संविधानले नै दिएको व्यवस्था हो । त्यो व्यवस्थालाई हामीले सहज रुपमा उपयोग गर्न सक्छौं । हामीले के कुरा विर्सन हुन्न भने फागुन ७ गतेको कार्यतालिका थियो त्यो सम्पन्न गर्नको लागि देश एक वर्ष नै कोभिडमय रहयो । त्यसमा पनि करिब ५ महिना त लकडाउन र निषेधाज्ञाको अवस्थाबाट देश गुज्रियो । लकडाउनको समयमा सम्पूर्ण जनता नै घरमा बन्दी भएको अवस्थामा नेपाली कांग्रेसको विभिन्न निकायहरु सक्रिय हुने अवस्था थिएन । त्यो समय हामीले गुमायौं । त्यसैले फागुन ७ गते महाधिवेसन सम्पन्न गर्नको लागि कठिनाई उत्पन्न भयो । त्यसैले हामीले थप ६ महिनामा अधिवेसन सम्पन्न गर्नको लागि उपयोग गर्नुपर्ने आवश्यकता प¥यो । त्यसमा पनि संसद विघटन पछि जुन हाम्रो विरोधको निरन्तर श्रृङ्खला पार्टीले सञ्चालन ग¥यो त्यो कारणले हामीले माघ भित्र सक्रिय सदस्यता पार्टीलाई बुझाउने समयावधि जुन जिल्लाहरुलाई दिएका थियौं आन्दोलनको कारणले पनि सबै जिल्लाबाट सक्रिय सदस्यता आइसकेन । त्यसकारणले पनि सक्रिय सदस्यता बुझ्ने थप समयको आवश्यकता प¥यो । त्यसपछि छानविनको प्रक्रिया आउँछ । छानविनको प्रक्रिया सम्पन्न भएर पार्टी सभापतिले हस्ताक्षर गरेर क्रियाशिल सदस्यता सार्वजनिक गरेपछि अधिवेसन अगाडि बढ्ने अवस्था भएको हुनाले आगामी भदौ ७ गते अधिवेसनको श्रृङ्खला शुरु हुन्छ । महाधिवेसनको समय भदौ ७ गतेलाई निर्धारित गरेका छौं । 

    त्यसोभए भदौ ७ गते नेपाली कांग्रेसको महाधिवेसनको अन्तिम डेडलाइन हो ? 

    होइन हाम्रो समय सकिने भन्दा केही अगाडि नै महाधिवेसनको मिति तोकेका छौं ।

    कोभिड लगत्तै प्रतिनिधि सभाको विघटनमा  जानुपर्याे भन्नुभयो । तर कांग्रेस आन्दोलनमा हो की चुनाव प्रचारमा हो ? 

    नेपाली कांग्रेस जनतामा विश्वास गर्ने पार्टी हो । जनताबाट अनुमोदित नभइकन सत्तामा जाने कुरालाई कहिलेपनि नेपाली कांग्रेसले स्वीकारेको छैन । त्यो हाम्रो सिद्धान्त, विचार हो । जबरजस्ती सत्तामा जाने कुरा अरु पार्टीहरुको लागि स्वभाविक हुनसक्छ तर नेपाली कांग्रेसको लागि स्वभाविक हुँदैन । त्यसो हुनाले जनतामा जाने, देशको बस्तुस्थितिको बारेमा जनतालाई सुशुचित गर्ने कुराहरु महत्वपूर्ण हुन । नेपाली कांग्रेसले यस अर्थमा विकेन्द्रीकृत आन्दोलन ग¥यो । हामीले जनतालाई खर्च गरेर काठमाडौंमा आउ भन्नुको सट्टा हामी जिल्ला जिल्लामा वडा वडामा आन्दोलन गर्दा अहिलेको समसामयिक राष्ट्रिय विषय, संसद विघटनको विषय, तीन वर्षको कुशासनको विषयलाई हामीले आम जनतामा पु¥याउन सफल भयौं । त्यसैले हामीले सञ्चालन गरेको विरोधको कार्यक्रम जनताको सहभागितालाई प्राथमिकता दिने तर खर्च गरेर ओहोरदोहोर गर्ने विकृति अरु दलले गरेको जस्तो खासगरी कम्युनिष्ट पार्टीको दुवै घटकले समर्थन र विरोधमा गरेको देखियो त्यस अर्थमा हामी स्वस्फुर्त रुपमा विरोधका कार्यक्रमहरु ग¥यौं । यद्यपी यसमै हामी रोकिन्छौं भन्ने होइन । विरोधका ठूला कार्यक्रमहरु पनि हामी गर्न सक्छौं । त्यो गर्दा पनि जनताको स्वस्फूर्त सहभागितालाई प्राथमिकतामा राख्छौं । 

    सभापति शेरबहादुर देउवाले विरोध सभामा अथवा सञ्चार माध्यममा बारम्बार अदालतको निर्णयलाई कुरौं तर तपाईहरु चुनावको तयारीमा लाग्नुहोस भन्ने अभिव्यक्ति दिनुभएको छ । यसले त कसरी आन्दोलन गरेको भयो ?

    होइन अदालतले विघटनलाई सदर गरेर निर्वाचनमा जाउ भन्यो भने हामी तयारीबिनाको अवस्थामा रहने कुरा हुँदैन । जुनसुकै बाटो आदालतले निर्देश गर्छ त्यसको लागि हामी तयार हुनुपर्छ भन्नेपनि हामीलाई लागेको छ । यस अर्थमा पनि सभापतिले पुनस्थापना होस त्यसलाई पनि सहज रुपमा हामी स्वीकार गर्छौं र निर्वाचनमा जाने स्थिति आयो भने अदालतले त्यो किसिमको बाटो तय ग¥यो भने त्यो निर्णयलाई हामी अवेज्ञा गर्न सक्दैनौं । जनतामा गएर फेरी नयाँ जनादेश लिएर संसद स्थापना गर्ने कुरालाई हामीले अवमूल्यन गर्न सक्दैनौं भन्ने सभापतिको भनाई उपयुक्त नै हो ।

    बरिष्ठ नेता रामचन्द्र पौडेलले संसद पुनस्थापनामा मात्रै जोड दिनुभएको छ चुनावमा कम छ तर सभापति देउवाले चुनावलाई जोड दिनुभएको छ । 

    व्यक्तिगत रुपमा कुनै नेताले के भन्नुभयो त्यो महत्वपूर्ण कुरा होइन । महत्वपूर्ण कुरा के हो भने नेपाली कांग्रेस केन्द्रीय समितिले सर्वसम्मतिले के पारित गरेको छ त्यो महत्वपूर्ण हो । केन्द्रीय समितिले के पारित गरेको छ भने यो असंवैधानिक हो र असंवैधानिक निर्णयको विरुद्धमा हामी विरोधका कार्यक्रमहरु गर्छौं । जनताको तहसम्म पुग्छौं भनेर भनेको कुरा महत्वपूर्ण हो । त्यसैमा पार्टी हिडेको छ । सभापतिले अदालतको निर्णय जसरी आउँछ दुईवटै परिस्थितिको लागि हामी तयार हुनुपर्छ र पुनस्थापना नै भएपनि ढिलो चाँडो जनतामै जानुपर्छ अव डेढ वर्ष पछाडि हामी निर्वाचनमै जानुपर्छ भनेपछि त जनताको नयाँ जनादेश त महत्वपूर्ण कुरा हो । किन भने यो तीन वर्षे सरकार असफल भइसक्यो, फेल भइसक्यो । जनतालाई हिजो गरेको बाचा बन्धन उहाँहरुले पुरा गर्न सक्नु भएन । उल्टो दिशामा हिंडनु भयो । भन्नेकुरा जनताले महसुस गरिराखेका छन र जनता नयाँ जनादेश दिनको लागि आतुर छन् । त्यो अवस्थामा त्यस्तो परिस्थिति आयो भने अहिले त हामी निर्वाचनमा जान्नौं भन्ने कुरा जनता र लोकतन्त्रमा विश्वास गर्ने पार्टीले नकार्न सक्दैन तर कथमकदाचित सत्तामा बस्नेहरुले त्यसलाई नकार्ने, आलटाल गर्ने काम गर्न खोज्यो भने त्यसकै विरुद्ध फेरी नेपाली कांग्रेस खनिन्छ । त्यो कुरा पार्टी सभापतिले आमसभामा र पार्टी बैठकहरुमा भन्नुभएकै छ । 

    संवैधानिक सर्वोच्चतालाई कांग्रेसले स्वीकार गर्दैगर्दा सर्वोच्चको निर्णयलाई सडकबाट दवाव दिन हुन्छ की हुँदैन ? 

    त्यसैले त हामी आफ्नो दृष्टिकोण सार्वजनिक गर्न पाउने हाम्रो अधिकार छ । हाम्रो बुझाईमा संविधानका सबै स्टेप पुरा नगरिकन विघटन भयो । तर त्यसको अन्तिम निक्र्यौल गर्ने अधिकार संविधानले नै सर्वोच्च अदालतलाई दिएको छ । यदि हामी संविधानको कुरा गछौं भने फेरी अर्को पाटो संविधानले नै गरेको व्यवस्थालाई पनि हामीले नकार्न सक्दैनौं । त्यसो हुनाले हामीले सर्वोच्च अदालतको फैसलालाई पनि अस्वीकार गर्न सक्दैनौं । हाम्रो मतभिन्नता हुनसक्छ । सर्वोच्चको निर्णय यस्तो नहुनुपर्ने भन्ने लाग्न सक्छ । तर त्यो निर्णयलाई हामी मान्दैमान्दैनो भन्न चाहिं हामी सक्दैनौं । त्यसो हुनाले हाम्रो दृष्टिकोण स्पष्ट छ । त्यो दृष्टिकोण भनेको केन्द्रीय समितिले सर्वसम्मत पारित गरेको दृष्टिकोण हो त्यसमा हामी कडा हुन्छौं । त्यसैले कुनै नेताले यसो भए हुन्थ्यो भन्नेमा हाम्रो झुकाव होला तर पार्टीको मूल निर्णयलाई हामीले आधिकारिक दृष्टिकोण मान्नुपर्छ । 

    राजनीतिक दलहरुले सत्तामा जानेकुरालाई आफ्नो लाभको रुपमा स्वभाविक रुपमा हेरिनै हाल्छन । अहिले कांग्रेस दुवै हातमा लड्डुको अवस्थामा भएको हो ? 

    यो लड्डुको कुरै होइन । यो कसले भन्यो मलाई थाहा छैन । दुवै हातमा लड्डु भन्ने कुरालाई म खारेज गर्छु । मूल कुरा जनताको हातमा लड्डु हुनुपर्छ । भनेको मतलब जनता लाभांवित हुनुपर्छ । जनताप्रति प्रतिवद्ध लोकतान्त्रिक व्यवस्था, संवैधानिक व्यवस्था हो । जनताको आवश्यकता पीरमर्का, जनताको भावनालाई हामीले बेवास्ता गर्न मिल्दैन । त्यसकारण पार्टीको हातमा लड्डु हुन्छ की हुँदैन कुन पार्टीको हातमा लड्डु हुन्छ कसको हातमा लड्डु हुन्छ त्यो महत्वपूर्ण कुरा होइन । मूल कुरा जनता मजबुत हुन्छन की हुँदैनन, जनता अधिकार समपन्न हुन्छ की हुँदैन जनताको आवश्यकता, पीरमर्का प्रति सत्ता संवेदन छ की छैन त्यो महत्वपूर्ण कुरा हो । त्यसकारण अहिले हाम्रो निष्कर्ष के हो भने तीन वर्षको कम्युनिष्ट साशनकाल गफमय भयो कुरामय भयो काममा पटक्कै ध्यान दिनुभएन । राज्यको साधन स्रोत संयन्त्रलाई व्यापक चरम दुरुपयोग र सत्तालाई मात्रै केन्द्रमा राख्ने काम उहाँहरुले गर्नुभयो । त्यस अर्थमा यसको हामीले विरोध गरेका छौं । त्यसकारण तपाईले हेर्नुभयो भने हाम्रो विरोधको प्रकृति र कम्युनिष्ट पार्टी प्रचण्ड माधव पक्षकोमा के फरक छ भने हामीले संसदको विघटन सहित तीन वर्षको कुशासनको विरोध गर्ने निर्णयमै छ । भ्रष्ट्राचार लगायतका चरम दुरुपयोगका कुराहरु पनि हाम्रो विरोध कार्यक्रमको अंग हो । संसद विघटन मात्रै होइन । उहाँहरुको एकबुँदे संसद विघटनको विषय मात्रै छ भने हाम्रो समग्रमा त्यो विषय सहितको आन्दोलन हो । 

    संसद विघटन भएपछि फुटेको नेकपाको दुवै पक्षले कांग्रेस सभापतिलाई प्रतिनिधि सभाको पुनस्थापना भएपनि वा चुनावमा गएपनि विभिन्न खालका आश्वासन र आग्रहहरु गरिराख्नु भएको छ । त्यस सन्दर्भमा के भन्नुहुन्छ ? 

    कुनैपनि पार्टीगत वा व्यक्तिगत लाभका अफरलाई उहाँले सिधै अस्वीकार गरिसक्नुभएको छ । त्यो मेरो सरोकारको विषय होइन हामीले जे भनिराखेका छौं भनिरहेका छौं भन्नुभएको छ । नेपाली कांग्रेस मुलभुतरुपमा ढिलो या चाँडो नयाँ जनादेशको बाटोबाट मात्रै सत्तामा जाने कुरामा विश्वास गर्छ । जनताबाटै अनुमोदिन भएर कुनै क्षणिक रुपमा कोहीसँग जोडिएर तात्कालिन पार्टीगत लाभ लिउँ वा व्यक्तिगत लाभ लिउँ भन्ने मानसिकतामा नेपाली कांग्रेसको नेतृत्व छैन । 

    कार्यकर्ताहरु अलमल भइरहेका छन नी ? 
    पटक्कै अलमल हुनुपर्ने अवस्था छैन । अलमलिने आवश्यकता पनि छैन । अब ढिलो चाँडो नयाँ जनादेशबाट हामी सत्तामा जाने बाटो खोज्नुपर्छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend